विश्वमै बढी तौल भएका बालक

इन्डोनेसियाका आर्य परमाना विश्वमै बढी तौल भएका बालक हुन् । उनको तौल १९२ किलो छ । १० वर्षीय परमानाको जन्मिदा भने तीन किलो २०० ग्राम तौल थियो । दुई वर्षको उमेरसम्म सामान्य तौल रहेका उनको त्यसपछि एकाएक असमान्य रुपले तौल बढ्दै गयो । अहिले उनलाई मिल्ने कपडा पाउनै मुस्किल पर्छ । उनलाई हिँडडुल गर्न मुस्किल पर्छ । हिँड्न नसकेकै कारण स्कुल जान छाडेका उनलाई के रोग लाग्यो भनी पत्ता लागेको छैन । बाबुआमा गरिब भएकाले उनलाई सहरको ठूलो अस्पतालमा लगेर उपचार गराउन सकेका छैनन् ।