उत्तर कोरियाव्दार एक हजार किमि टाढा मार हान्ने व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र सि अफ जापानतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ।
चीनको उत्तरी सीमा नजिकैको तोङचाङ रि क्षेत्रबाट आज उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाको सेनाले जनाएको हो।
तोङचाङ रिस्थित क्षेप्यास्त्र आधार शिविरबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र करिब हजार किलोमिटर उडेको जनाएको छ।
गत महिना पनि उत्तर कोरियाका नेता किम जंग उनको सुपरिवेक्षणमा एउटा नयाँ किसिमको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परिक्षण भएको थियो।

दक्षिण कोरियाको सेनाका अधिकारीले, स्थानीय समय अनुसार आज विहानको ७ बजेर ३६ मिनेटमा गरिएको पछिल्लो परिक्षणमा कस्तो खालको प्रक्षेपण प्रयोग गरिएको थियो भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन्।
सोहे स्याटालाइट लन्चिङ स्टेशन रहेको तोङचाङ रि क्षेत्रमा भइरहेका पछिल्ला गतिविधि जापानका अधिकारीहरुको चासोको कारण बनेको छ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले उक्त क्षेप्यास्त्र प्रहारबारे बोल्दै उत्तर कोरियाले आज प्रहार गरेको चारवटा क्षेप्यास्त्र मध्य तीनवटा हाम्रो आर्थिक क्षेत्रभित्र पर्ने सामुद्रिक इलाकामा खसेको छ। जापानले यसबारे सुचना संकलन र त्यसको विश्लेषण गर्दैछ। यसले उत्तर कोरियाबाट नयाँ खतरा आउन लागेको प्रमाण स्पष्ट रुपमा दिएको छ भन्नुभयो ।
उक्त क्षेत्रका मुख्य ठाउँहरुमा सम्भवत स्याटेलाइटको निगरानी गरिएको दक्षिण कोरियाको योन्याब समाचार संस्थाले जनाएको छ।

फागुन २३ गते ।