‘संशोधनको मुद्दा बोकेर चुनावमा जान सुझाव’

काँकडभिट्टा (झापा), २३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले स्थानीय चुनाव र संविधान संशोधनको विषयलाई एकै ठाउँमा जोड्न नहुने बताउनुभएको छ ।
झापाको काँकडभिट्टामा आज साँझ पत्रकार भेटघाटमा उहाँले चुनावसँग अरु विषयको सौदाबाजी कुनै हालतमा हुन नसक्ने बताउनुभयो ।
नेता महतले “संशोधन र चुनाव भिन्न विषय हुन्, दुवै आफ्ना प्रक्रियामा अघि बढ्छन्, तर संशोधन नभए चुनाव गर्नु हुँदैन भनेर कसैले भन्न मिल्दैन भन्नुभयो ।”
स्थानीय चुनाव तोकिएकै मितिमा हुने उल्लेख गर्दै उहाँले संविधान संशोधनका विषयमा असन्तुष्ट मधेसी मोर्चालाई संशोधनको मुद्दा बोकेर चुनावमा जान सुझाव दिनुभयो । रासस