मोर्चाले मृतक भनेका दिगम्बर यादव जिउँदै

maitrinews

 

धरान । प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ।

मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो। ‘दिगम्बर यादवको मृत्यु भएको छैन, सर्जरी युनिट २ को वेड नम्बर १० मा राखेर उपचार भइरहेको छ’–प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले भने।
ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ।
एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।

उपचारको लागि उनलाई सोमबार धरान ल्याइएको हो। मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो।

फागुन २४ गते ।