कुनै हालतमा पनि स्थानीय निर्वाचन नरोक्न र सप्तरी घटनाको छानविन गर्न एमालेको सरकारसँग जोडदार माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गर्दै कुनै हालतमा पनि स्थानीय चुनाव स्थगित नगर्न माग गरेको छ । एमालेको मेची—महाकाली राष्ट्रिय अ अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले आज कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेट्नुभएको छ ।

बालुवाटारमा आज भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । साथै उहाँहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने जोड दिनुभयो ।
एमालेभन्दा केही अघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधन गर्न र चुनाव स्थगित गर्न माग गर्दै सातदिने अल्टिमेटम दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाले सातदिने अल्टिमेटम दिएर गएको एमाले नेताहरुलाई जानकारी दिनुभयो ।

फागुन २५ गते ।