खुम्बुमा हिमपात, पर्यटक रमाउँदै

maitrinews

 

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसमा हिमपात भएको छ ।

प्रायः हिउँ कम पर्ने फागुनको अन्तिम साता आज दिउँसोदेखि हिमपात भइरहेको स्थानीयवासी छोटी शेर्पाले जानकारी दिनुभयो । हिउँले नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसका बस्ती सेताम्मे भएका छन् । हिउँ परेपछि खुम्बुमा रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन् ।

हिमाल आरोहणको तथा दृश्यावलोकनका लागि खुम्बुमा पर्यटक आउने मौसम सुरु भएकाले अहिले त्यस क्षेत्रमा पर्यटकको उपस्थिति बाक्लिन थालेको छ । गर्मी बढिसकेका बेला हिउँ पर्दा बस्तीसँगै आसपासका डाँडापाखासमेत सेताम्मे भएका छन् । हिउँ परेपनि चिसो भने छैन ।

प्रकाशित मिति २५ फागुन ।