काबुलको सैनिक अस्पतालमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु,६० भन्दा बढी घाइते

maitrinews

 
काबुल । काबुलस्थित अफगानिस्तानको सबभन्दा ठुलो सैनिक अस्पतालमा चिकित्सकको जस्तो लुगा लगाएका आक्रमणकारीहरु जबर्जस्ती प्रवेश गरेपछि ३० जना भन्दा बढी मानिस मारिएको अफगान अधिकारीहरु बताएका छन् ।
एकजना आक्रमणकारीले अस्पतालको प्रवेशद्वारमा बम विस्फोट गरेर कर्मचारी र बिरामीलाई गोली हानेपछि बन्दुक र ग्रिनेड लिएका ३ जना अरु लडाकु अस्पतालभित्र छिरेका थिए।
सरदार दाउद अस्पतालको छतमा हेलिकप्टरबाट झरेका कमाण्डोहरुले थुप्रै घण्टाको भिडन्तपछि चारैजना आक्रमणकारीलाई मारेका छन्।
इस्लामिक स्टेट भनिने समूहले आक्रमणको जिम्मा लिएको छ भने तालिवानले आक्रमणमा संलग्न नभएको बताएको छ।
.६० भन्दा बढी मानिस घाईते भएको रक्षा मन्त्रालयले बताएको छ।
राष्ट्रपति अशरफ गनीले ४०० शैय्या भएको त्यो अस्पतालमाथिको आक्रमणले ूसबै मानवीय मूल्य मान्यतालाई कुल्चेकोू बताएका छन्।
स्थानीय समयको बिहान ९ बजे आक्रमण शुरु भएको थियो।
बाहिर निस्किन सफल एकजना कर्मचारीले सेतो कोट लगाएर सबैजनालाई गोली हानिरहेका आक्रमणकारीलाई देखेको बताएका छन् ।

फागुन २६ गते ।