कमल थापालाई उपप्रधानमन्त्री बनाएर सरकार विस्तार गर्दै प्रचण्ड

काठमाडौँ । आज मन्त्रिपरिषद् विस्तार हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाई मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । आज साँझ साढे ६ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । राप्रपाबाट नयाँ थपिने मन्त्रीले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
फागुन २६ गते ।