हर्षोल्लासपूर्वक फागुपर्वमा मनाउँदै छन् राजधानीवासीहरु

maitrinews

 

काठमाडौं । राजधानी काठमाडौँ आज फागुपर्वले रंगिएको छ । थरीथरी रङको उल्लासमय पर्व फागुको रौनक राजधानीमा आज बिहानैदेखि सुरु भएको हो । बालबालिकादेखि अर्धबैंसेसम्म टोलछिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर फागुपर्वमा रंग खेलिरहेका छन् ।

आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटिरहेका देखिन्छन् ।
फागुको चीर गाडिएको ठाउँ वसन्तपुर दरबार स्क्वायरमा सामूहिक रुपमा फागु मनाउनेहरुको लर्को थामिनसक्नुको छ । पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा झुमिरहेका छन् । राजधानीबाहिर हिमाली तथा पहाडी जिल्लामा फागुपर्व मनाइँदै छ भने तराई मधेसमा भोलिमात्र फागुपर्व मनाइने गरिन्छ ।