भारतीय हैकमवादसँग झुक्दैनौँ,नेपालको स्वाभिमान उँचो बनाउँछौँ : एमाले

maitrinews

 

नवलपरासी । नेकपा (एमाले) गत फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज नवलपरासीको भूमहीमा भव्यतापूर्वक सभा सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको क्याम्पस परिसरमा आयोजित सभामा त्यस आसपासबाट ठूलो संख्यामा जनसहभागिता रहेको थियो ।
हिजो चितवनको नारायणगढमा पहिलो सभा सकेर नलपुरको कावासोतीमा दोस्रो सभा गरेको केन्द्रीय टोली कावासोतीमा बास बसेको थियो । आज विहान कावासोतीबाट पश्चिम लाग्ने क्रममा त्यसबीचमा विभिन्न स्थानमा जम्मा भएका जनसमुदायले आआफ्नो घरका अगाडि पानी भरिएका घडा, तुल, ब्यानर र फूल राखेर स्वागत गर्नुका साथै ताली बजाएर ऐक्यबद्धता जनाएका थिए ।
सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब हुने जुनसुकै निर्वाचनमा पनि आफ्नो पार्टीलाई कसैलाई हराउन नसक्ने अवस्था हालसम्मका सभाहरुबाट पुष्टि भइसकेको बताउनुभयो । उहाँले भन्नुभयोः
मधेसमा एमाले बलियो भएका कारण हामीमाथि आक्रमण गर्न खोजिएको छ । यो पराजित मानसिकताका उपज हो । हामी यसको बदला निर्वाचनका माध्यमबाट लिन्छौँ, जनताले यसको फैसला गर्नेछन् । मधेसी मोर्चाका नाममा अगािड आएका सुन्डमुसुन्डहरुलाई जनताले तह लगाउने छन् ।
मुलुकको सार्वभौमिकता, स्वाभिमान, राष्ट्रियता र एकताका लागि नेकपा (एमाले) जुनसुकै बलिदान गर्न तयार छ । त्यसमा कुनै सम्झौता गर्दैन । भारतीय हैकमका विरुद्ध हामी झुक्दैनौँ ।
राजनतन्त्र हटायौँ, माओवादी हिंसा समाप्त पा¥यौँ, संविधानसभाबाट संविधान बनायौँ । अबको हाम्रो ध्यान राष्ट्रिय समृद्धिमा हुनुपर्छ । नेकपा (एमाले) को ध्यान त्यसैमा छ ।
आजको सभामा बोल्दै नेकपा (एमाले) स्थायी समिति सदस्य तथा दुई नम्बर प्रदेश संगठन कमिटी संयोजक सत्यनारायण मण्डलले मधेसी दलहरु राजनीतिक प्रतिस्पर्धामा उत्रिन नसकेपछि आपराधिक गतिविधिमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयोः
ड्ड मधेसी दलका नेताहरुको पृष्ठभूमि हेर्नुभयो भने उनीहरु राजनीतिक छैनन् । मन्त्री भइसकेका नेताहरु अपहरण, बमबारी जस्ता घटनामा संलग्न हुनुले पनि उनीहरुले कस्तो राजनीति गरिरहेका छन् भन्ने देखिन्छ । मान्छे मारेर त्यसका आधारमा राजनीति गरेर उनीहरु सत्तामा पुग्न चाहन्छन् ।
ड्ड सिमानामा भारतीय आपराधिक तत्वहरुको उक्साहटमा एमालेमाथि आक्रमण गर्ने कोसिस भएको छ । त्यसबाट हामी डराउँदैनौँ, जनताका बीचमा झन् लोकप्रिय बन्छौँ । यसबाट एमालेलाई फाइदा नै भएको छ ।
स्थायी समिति सदस्य छविलाल विश्वकर्माले मुलुकका उत्पीडित वर्ग, समुदाय र वर्गका मानिसहरुको साझा पार्टी नेकपा (एमाले) भएका कारण त्यसले प्रत्येक पटक सरकारमा जाँदा उनीहरुका पक्षमा काम गरेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामी राष्टिय एकतालाई बलियो बनाउन चाहन्छौँ, स्वाभिमान उँचो बनाउन चाहन्छौँ ।’
कांग्रेस, माओवादीलगायतका पार्टी परित्याग गरी ठूलो संख्यामा पार्टी प्रवेश गर्नेहरुलाई पार्टी प्रवेश गर्नेंहरुलाई बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतले स्वागत गर्नुभएको थियो ।
सहभागीहरुलाई नेकपा (एमाले) परासी जिल्ला संगठन कमिटीका संयोजक तुलसी पासीले स्वागत र जिल्ला कमिटी सदस्य विमला अर्यालले सञ्चालन गर्नुभएको थियो ।