होलीमा टेलिकमको सेवामा छुट
काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ । कम्पनीको चाडपर्व अफर अन्तर्गत जिएसएम तथा सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई निम्नानुसारको होली अफर उपलब्ध गराइएको हो ।
टेलिकमका अनुसार यसरी उपलब्ध गराइएको सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा, ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइनेछ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिन जिएसएम तथा सिडिएमए प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ ।
त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर लिनका लागि यु वान जिवी ५०० एमवी टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ ।
एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०१ गतेसम्म ३ दिन जिएसएम तथा सिडिएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि एसएमएस १०० टाइप गरी १४१५मा एसएमएस गर्नुपर्नेछ ।
फागुन ३० गते ।