विमानमा सुत्ने कोठाको व्यवस्था

कतार एयरवेजले विमानमा नयाँ प्रयोग सुरु गरेको छ । यात्रुको आरामका लागि विमानको विजनेस क्लासमा सुत्ने व्यवस्था मिलाइएको छ । यात्रुले दुईवटा सिटलाई पुरै तेस्र्र्याएर ओछ्यान बनाउन सक्छन् । दुई मनोरञ्जनात्मक स्किनसहित एउटा निजी कोठा बनाउन पार्टिसन प्यानलको व्यवस्था पनि गरिएको छ । यसका लागि लण्डनबाट दोहासम्म यात्रा गनगर्न ५ र डलर तिर्नुनपर्छ । विमानमा जोडीका लागि बेडमात्र नभएर सिङ्गो परिवारकालागि चारवटा बेडसहित नयाँ निजी सिटको व्यवस्था गरिएको छ । कतार एअरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बोकरले बर्लिनमा आयोजित ट्राभल टे«ड शोमा यो बेडरुमको उद्घाटन गरे । यस्तो बेडरुम सिट तयार पार्न इन्जिनियरको टोलीलाई दुई वर्ष लागेको हो ।