रेनोल्टको ‘वाउ अफर’ सार्वजनिक

काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि       ( विशाल समूहको सहायक) ले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ल्याएको नयाँ अफर ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित आएको छ ।
यहि साता देखि नयाँ वर्षलाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरिएको हो । यो योजनाले संभावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिन्छ । ग्राहकहरुले आविश्कारिक तथा रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमशः २८,२०० र १३,३५७ तिरेर प्राप्त गर्न सक्दछन् । यसको लागि ८.९९% वार्षिक ब्याज दरमा सजिलो फाइनान्स रहेको छ ।
यसका साथै, यो योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको छ । अर्को महत्वपूर्ण आकर्षण भनेको रेनोल्टका गाडिहरु पाँच वर्षको वारेन्टीका साथमा आउँछन् ।

प्रकाशित मिति फागुन ३० गते ।