मधेसी मोर्चाले सरकारलाई दिएको सातदिने समयसीमा आज सकिँदै

काठमाडौं । संयुक्त मधेसी मोर्चाले दिएको एकसाताको समयसीमा आज सकिँदै छ । एक साताभित्र आफ्ना माग पूरा नभए सरकारबाट समर्थन स्वतः फिर्ता हुने मोर्चाको चेतावनी छ ।
यही विषयमा छलफल गर्न मधेशी मोर्चाको सचिवालयको वैठक बसेको छ । ।मोर्चाले गत फागुन २५ मा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै आफुहरुका माग पुरा नभए सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने चेतावनी दिएको थियो ।
सप्तरी घटना भएकै दिन साँझ मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, रातारात उक्त निर्णयबाट मोर्चा पछाडि हटेको थियो ।
त्यसपछि एक साताको अल्टिमेटमवाला ज्ञापन पत्र मोर्चाले अगाडि सारेको थियो ।
चैत १ गते ।