मधेसी मोर्चाले एमालेको आमसभा विथोल्न पेट्रोलबम प्रहार गरेपछि प्रहरीव्दारा हवाई फायर

नेपालगञ्ज । नेपालगञ्जमा आज नेकपा एमालेको विशाल आमसभा तथा जुलुसलाई रोक्ने र विथोल्ने मधेसी मोर्चाको प्रयास विफल भएको छ । एमाले कार्यकर्ता बोकेको गाडीमा पेट्रोलबम हान्ने र प्रहरीको हतियार खोस्ने मोर्चाका कार्यकर्तालाई प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरी तितरवितर पारेको छ । बाँके जिल्लामा पर्ने गुलरिया नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा मोर्चाका कार्यकर्ताहरुले एमालेको जुलुसमा आक्रमण गर्ने र प्रहरीको हतियार खोस्ने प्रयास भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो।
मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।