रुखमा चढ्ने बाख्रा

अफ्रिकी देश मोरक्को र अल्जेरियामा एक विशेष जातको बाख्रा बाँदरझैँ रुखमा चढ्ने गर्छन् । रुख चढ्न माहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फेलेका फलफूल र डालेघाँस खाने गर्छन् । यी बाख्राको बर्किम्ला (मल) किसानका लागि निकै लाभदायक हुन्छ । बाख्राको बर्किम्ला बेचेर किसानहरुले करोडौँ कमाउने गरेका छन् । यसको रहस्य के हो भने यी बाख्राले मोरक्को र अल्जेरियाको केही क्षेत्रमा पाइने अर्गान भन्ने वनस्पतिको फल निकै मिठो मानर खाने गर्छन् । फल खाइसकेपछि त्यसको गुदी बाख्राले पचाउँछ तर विया भने पच्दैन र बर्किम्लासँग बाहिर आउँछ । किसानले बर्किल्ला जम्मा गर्दा विया छुट्याउँछन् । वियाबाट तेल निकालिन्छ । अर्गानको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा विक्छ । एक लिटर तेलको एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ ।