धान र गहुँ काट्ने उपकरण भित्रियो

maitrinews

बनेपा । काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काटने उपकरण भित्रिएको छ ।

कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो ।

सो उपकरणले एक रोपनीको धान वा गहुँ काट्नका लागि करिब १५ मिनेट समय लगाउँछ । उपकरण परीक्षणका लागि भकुन्डे र महादेवस्थान पठाइएको छ । उपकरणको लागत रु एक लाख ६० हजार रहेको छ । “उपकरण भित्रिएपछि कृषकलाई सहज भएको छ,” उहाँले भन्नुभयो ।
चैत २ गते ।