पूर्व उपप्रम भरतमोहन अधिकारी उपचार गर्न बैंकक प्रस्थान

maitrinews

 

काठमाडौँ, २ चैत । नेकपा ९एमाले० का नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक जानुभएको छ ।
आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराउनुभयो ।

चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी आज बिहान ११ः३० बजे थाई एअरवेजमार्फत उपचारका लागि बैंकक जानुभएको हो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताउनुभयो । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । “उपचारपछि घरमा आराम गर्नुभएको थियो”, उहाँले भन्नुभयो–“तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो ।”

अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य जानुभएको छ । बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव विष्टले जानकारी गराउनुभयो । असी वर्षीय अधिकारी सांसदसमेत रहनुभएको छ ।