परिवर्तित कम्पनि ऐनको चेम्वरद्धारा स्वागत
काठमाडौं, ३ चैत । परिवर्तित कम्पनि ऐन सकारात्मक भएको भन्दै निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाकोपमा रहेको नेपाल चेम्व अफ कमर्शले ऐनको सफल कार्यान्वयनमा जोड दिएको छ । बिगत लामो समय देखि कम्पनी ऐनमा समयानुकूल परिमार्जन गर्न निजी क्षेत्रद्धारा माग हुंदै आएकोमा हालै व्यवस्थापिका संसदबाट कम्पनी ऐनको संशोधन बिधेयक पारित भइ निजी क्षेत्रद्धारा प्रस्ताबित मागहरु मध्ये आंशिक रुपमा भए पनि सम्वोधन भएकोमा चेम्वरले त्यसको स्वागत गरेको हो ।
कम्पनी प्रवद्र्धकहरुले निष्क्रिीय कम्पनीहरुलाइ खारेज गर्न चाहदा चाहदै पनि खारेजीको जटील प्रक्रियाले कम्पनी खारेज हुन नसकी रहेकोेमा हालैको संशोधन बिधेयकले खारेज प्रक्रियालाइ सरल बनाएकोमा कम्पनीका प्रवद्र्धकहरुलाइ सहजताको महशुस गरिएको चेम्वरद्धारा विहिबार जरी वज्ञप्तिमा उल्लेख छ ।
संशोधित व्यवस्थामा बिद्युतीय हस्ताक्षरको मान्यता, प्रा.लि.मा १०१ जना सम्म शेयरधनी रहन सक्ने व्यवस्था, कम्पनी दर्ताको सहज प्रक्रिया र प्रिमियम शेयर जारी गर्न सहज जस्ता व्यवस्थाले कम्पनी ऐनमा अग्रगामी सुधार हुन गएको उसले जनाएको छ । यसको दर्ता तथा संचालन प्रक्रियामा सहजता आउनुका साथै साना पूँजी परिचालन भइ लगानीको अनुकूल बातावरण सृजना हुनेमा नेपाल चेम्वर बिश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।