निर्वाचन आयोगको निर्णय असंवैधानिक : कमल थापा

maitrinews

 

पानीट्याङ्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

राप्रपा मोरङद्वारा आज विराटनगरमा आयोजित ‘स्थानीय निर्वाचन सन्दर्भमा राजनैतिक समसमायिक छलफल’ विषयको कार्यक्रममा उहाँले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी हुन आह्वान गर्नुभयो ।

राप्रपाका अध्यक्ष थापाले निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय गरेको जनाउँदै सो विषयमा पार्टीले सडक र सदनमा आवाज उठाउने जानकारी दिनुभयो । पार्टीका जिल्ला अध्यक्ष माधव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता शैलेन्द्र बान्तवा, राजाराम बड्र्तौलालगायतले निर्वाचनमा पार्टी कार्यकर्तालाई एकजुट हुन आह्वान गर्नुभयो ।

चैत ६ गते ।