राप्रपाको निर्वाचन आयोग घेराउ कार्यक्रममा झडप, राणासहित केही घाइते

काठमाडौं । आज निर्वाचन आयोग अगाडि झडप भएको छ । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका बेला प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणा घाइते हुनुभएको छ । पूर्वमन्त्रीसमेत रहेका राणाले जुलुशको अगुवाई गर्नुभएको थियो ।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।
शान्तिवाटिकाबाट अघि बढेको जुलुस कान्तिपथस्थित निर्वाचन आयोगको गेट नजिकै पुगेपछि प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले अश्रुग्यास हान्नुका साथै लाठीचार्ज समेत गरेको थियो ।
राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीहरु मिलेर उद्धार गरेका थिए ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरीको लाठी प्रहारबाट राणासहित सांसद कुन्ती शाही, प्रवक्ता रोशन कार्की लगायत घाइते भएका छन् ।
चैत ७ गते ।