बेलायतले यसै महिनाको अन्त्यतिर ईयू छाड्ने प्रक्रिया सुरु गर्ने
लण्डन । ब्रिटेनले युरोपेली संघबाट बाहिरिने प्रकृया मार्च महिनाको अन्तिम साता शुरु गर्ने बताएको छ। ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेले यसै मार्च महिनाको २९ तारिखमा ब्रिटेनले युरोपेली संघ छोड्ने सूचना औपचारिक रुपमा संघलाई दिनेछिन्।
मेले युरोपेली परिषद्लाई चिठी लेख्ने भन्दै डाउनिङ्ग स्ट्रिटले त्यसपछि बहिर्गमनका शर्तहरु र भविष्यको सम्बन्धका बारेमा सकेसम्म चाँडै वार्ता अघि बढ्ने आशा राखेको बताएको छ।
एउटा जनमतसंग्रहमा ब्रिटेनका ५१ दशमलव ९ प्रतिशत मतदाताले इयु छोड्ने पक्षमा मत दिएको ९ महिनापछि त्यस्तो कदम चालिएको हो।
चैत ८ गते ।