प्रचण्डलाई चीनले पत्याएन, चीन भ्रमणमा नयाँ सम्झौता नहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनले पत्याएन । त्यसैले प्रचण्डको चीन भ्रमणमा नयाँ सम्झौता नहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारदेखि गर्न लागेको चीन भ्रमणका क्रममा नयाँ द्विपक्षीय सम्झौता नहुने भए पनि नेपालले तयार पारेका लगानी, व्यापार, दुई देशलाई जोड्ने यातायात सञ्जाल विस्तार लगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला उहाँका चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री देश बाहिर हुने भएकाले द्विपक्षीय चासोका विषयमा राष्ट्रपतिसँग सामान्य छलफल हुनेछ ।
चीनको हेनान प्रान्तमा हुने बोआओ फोरममा भाग लिन जान लागेका प्रधानमन्त्री प्रचण्ड बेइजिङ जाने कार्यक्रम पनि तय भएको अधिकारीहरुले बताएका छन्।
दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोचोटि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षीबीच भने भेटवार्ता नहुने देखिएको छ।
अधिकारीहरुका अनुसार उक्त समयमा चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्री देश बाहिर हुने भएकाले द्विपक्षीय सहमति नहुने भएको हो।
चैत ९ गते ।