कुखुरा बोकेको जिप त्रिशूलीमा खस्यो,चालकको मृत्यु, दुई जना घाइते

चितवन । चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जिप दुर्घटना हुदाँ चालकको मुत्यु भएको छ ।
दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा जीपका चालक धादिङ सिम्लेका २१ बर्षीय किरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुर्घटनामा परि अन्य दुई जना समान्य घाइते भएका छन । उनीहरुको पुरानो मेडिकल कलेज मरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चैत ९ गते ।