सांसद दुलारी देवीप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै
काठमाडौँ । सांसद दुलारी देवीप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय धुमवाराहीमा राखिएको छ । सर्लाहीबाट नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा हिजा निधन भएको हो ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।
चैत ११ गते ।