निधि र थापाबीच बरियता विवादले उग्ररुप लिएपछि कार्यबाहक नदिई प्रचण्ड चीनतिर
काठमाडौँ । साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबहाक नै नदिई प्रस्थान गरेका छन्। उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र कमल थापाबीच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यबाहक नदिएका हुन्। बरिष्ठता विवाद भइहरेको बेला कुनै एकलाई कार्यवाहक दिएमा विवादले उग्र रूप लिने भन्दै दाहालले कसैलाई पनि कार्यकारी अधिकार नदिएरै चीन गएका हुन्।
प्रधानमन्त्रीको विदाइमा विमानस्थल पुगेका उपप्रधानमन्त्रीहरूमध्ये कार्यबाहक प्रधानमन्त्रीका लागि छुट्टै स्कर्टिङ गाडी राखिएको हुन्छ। तर कसैलाई पनि उपप्रधानमन्त्री नदिएकाले बिहिबार साँझ दाहाललाई विदाइ गर्न गएका सबै आ—आफ्नै तरिकाले फर्किएका थिए। केही परिहालेमा उतैबाट निर्देशन दिने गरी दाहाल चीन उडेका हुन्। यसअघि वरिष्ठता विवाद भएपछि दुई दिनसम्म मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन। प्रधानमन्त्रीले यसअघि कांग्रेस सभापति देउवा र अन्य विपक्षी दलका नेताहरूसँग पनि सल्लाह गरेका थिए।