मलेसियामा २३ तले भवनबाट खसेर नेपालीको मृत्यु

 

मलेसिया । मलेसियाको पुत्राजयस्थित निर्माण हुँदै गरेको २३ तले अग्लो भवनबाट खसेर एकजना नेपाली युवाको ज्यान गएको छ । त्यहाँको एन्टिकरप्सन कमिसन बिल्डींगबाट खसेर नेपाली युवा ३१ वर्षीय भीमबहादुर कटुवालको आज बिहान करिब ८।५० बजे ज्यान गएको हो ।

स्थानीय समाचार पोर्टल द स्टार डट कम डट माईले जनाएअनुसार भीम तल काम गरिरहेका बंगलादेशी सहकर्मीमाथि खसेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले उनी १७ या २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको छ । उनको नेपालस्थित ठेगाना खुलाइएको छैन । घटनामा ४५ वर्षीय बंगलादेशी कामदारको दाँया हात भाँच्चिएको जनाइएको छ ।

चैत ११ गते ।