नेपाली काँग्रस बैठक : सभापति देउवामाथि चर्को दबाब

काठमाडौः नेपाली कांग्रसको बैठक आज बस्दै छ । बैठकमा चुनावी एजेन्डा र आन्तरिक व्यवस्थापनसम्बन्धी छलफल हुने भएको छ । पार्टी व्यवस्थापन गर्न नसकेकोमा देउवामाथि चर्को दवाब परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार २२ केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने भएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बैठकमा देउवाले केन्द्रीय कार्यसमितिपछिको पार्टीको ठूलो निकाय कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश गर्ने भएका छन् । पार्टीको विधान अनुसार पदाधिकारी बाहेक २२ जना केन्द्रीय सदस्य कार्यसम्पादन समिति सदस्य मनोनित हुन्छन् ।
विधान अनुसार पार्टी सभापतिले कार्यसम्पादन समितिका सदस्यहरु केन्द्रीय कार्यसमितिमा पेश गरेर अनुमोदन गर्नुपर्ने हुन्छ । यस अघिको कांग्रेस केन्द्रीय कार्यसमितिमा र्कासम्पादन समिति नै गठन हुन सकेको थिएन् । देउवाले वरिष्ठ केन्द्रीय सदस्यहरुलाई कार्यसम्पादन समितिमा मनोनयन गर्ने गरी प्रस्ताव तयार गरेका छन् । यस विषयमा पार्टीभित्र नेता रामचन्द्र पौडेलसँग पनि सहमति जुटिसकेको छ ।
स्रोतका अनुसार देउवाले केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिह, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, चित्रालेखा यादव, रामशरण महत, अर्जुननरसिह केसी, महेश आचार्य, बलबहादुर केसी, पूर्णबहादुर खड्का, रामशरण महत, बालकृष्ण खाँड, प्रकाशसरण महत, शेखर कोइराला, दिलेन्द्रप्रसाद बढु, सुजाता कोइराला, रमेश रिजाल, परमुल्ला मन्सुर लगायतलाई कार्यसम्पादन समिति सदस्यमो मनोयन गर्ने प्रस्ताव तयार गरेका छन् ।
बैठकमा स्थानीय निकायको निर्वाचनका विषयमा पनि छलफल गर्न एजेण्डा पेश हुने भएको छ । सरकारले नयाँ संरचना अनुसार ७ सय ४४ नयाँ स्थानीय तह लागु गरेपछि कांग्रेसले आफ्नो पार्टी संगठन संरचनालाई रुपान्त्रण गर्न केही नीतिगत निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै स्थानीय निर्वाचनका लागि उम्मेदबार तोक्न मापदण्ड बनाउनेगरी कार्यदल गठन गर्ने पनि तयारी रहेको देउवा निकट एक नेताले बताए ।

चैत १३ गते ।