एमालेका नयाँ २१ जना केन्द्रीय सदस्यले आज शपथ लिँदै,स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् ।
एमालेको मेची महाकाली अभियान सुरु हुनु एक दिन पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी कमिटीको बैठकले २१ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।
उक्त बैठकले मधेशी जनजाति र थारुहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।
यसैबीच एमाले स्थायी कमिटी बैठक आज पार्टी कार्यालमा दिउँसो बस्दै छ । बैठकमा स्थानीय तहको निर्वाचनको लागि उम्मेदारको छनोट,पार्टीमा प्रवेश गरेकाहरुको कार्यविभाजन र व्यवस्थापन लगायतका विषमा छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
चैत १३ गते ।