डा. लोहनीको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौँ । भर्खरै राप्रपाबाट बाहिरिएका बरिष्ठ नेता डा। प्रकाश चन्द्र लोहनी र एक बर्षअघि राप्रपा नेपालबाट चोइटिएका केशरबहादुर बिष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी नामको नयाँ दल खोल्ने सहमति भएको छ ।
यसै साता काठमाडौँमा बृहत कार्यकर्ता भेला आयोजना गर्ने र नयाँ दल घोषणा गर्ने र निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । दलको चुनाब चिन्ह हलो रहने पनि जनाइएको छ ।
नयाँ पार्टीमा लोहनी अध्यक्ष र बिष्ट बरिष्ठ नेता रहने छन् । लोहनीको नेतृत्वमा गठन हुने उक्त पार्टीले हिन्दु धर्म र राजतन्त्रलाई कार्यनीति बनाउने बताइएको छ । कार्यकर्ता भेलाबाटै पार्टीको चुनाबी नीति र कार्यक्रम घोषणा गर्ने तयारी लोहनीले गर्नुभएको छ ।
राप्रपाको एकता महाधिवेशनपछि डा। लोहनीले अध्यक्ष कमल थापा एकल ढंगले अगाडी बढेको, पार्टीको विधान र महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रम र महाधिवेशन पूर्व शिर्ष नेताहरुबीच भएको सहमति उल्लंघन गरेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएको थियो ।
चैत १६ गते ।