प्रदेश नम्बर दुईमा पकड जमाउँदै एमाले, मोर्चाकै नेताहरु पनि धमाधम एमालेमा प्रवेश

काठमाडौँ । सप्तरी घटनापछि तराई–मधेसबाट नेकपा ९एमाले० लखेटियो भन्नेहरुका लागि गतिलो जवाफ दिदैँ प्रमुख प्रमुम प्रतिपक्षी दल एमालेले तराई–मधेसकै बर्दिबासमा ‘दुई नम्बर प्रदेश स्तरीय भेला’ सम्पन्न गरेको छ । एमालेका शीर्ष नेताहरुको उपस्थितिमा आयोजित त्यसस कार्यक्रममा प्रदेश नम्बर दुईका आठै जिल्लामा एमाले नेता–कार्यकर्ता उपस्थित भएको एमालेले जानकारी दिएको छ ।
बधुबार उद्घाटन भएको भेलामा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सम्वोधन गर्नुभएको थियो । दोस्रो दिन अर्थात आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, सचिव योगेश भट्टराईलगायतका नेताले सम्वोधन गर्नुभयो ।
भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता नेपालले एमालेलाई मधेस विरोधी भनेर केहीले हल्ला चलाएको भन्दै त्यसम कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँले एमालेको जन्मभूमि र कर्मभूमि तराई–मधेस नै भएको भन्दै एमालेलाई मधेस विरोधी भन्ने हक कसैलाई नभएको दाबी पनि गर्नुभयो । कार्यक्रममा पोख्रेल र सचिव भट्टराईलगायतले पनि तराईमा एमालेलाई एक नम्बर पार्टी बनाउने गरी एक जुट भएर काम गर्न सुझाव दिनुभयो । भेलामा आठै जिल्लाका अध्यक्षहरुले तराईमा एमालेको अवस्था, सप्तरी घटनापछि एमालेप्रति फैलाएको भ्रम, तराईमा एमालेको संगठनलगायतका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा बुधबार र बिहीबार विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर नै चल्यो । बुधबार दुई सय बढी एमाले प्रवेश गरेका थिए । प्रवेश गर्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चालगायतका दलका नेता–कार्यकर्ता थिए । बिहीबार पनि नेकपा माओवादी केन्द्र नेता एवं पूर्वसांसद फर्मुद नदाफसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी सद्भावना पार्टीका जिल्ला युवा अध्यक्ष राजु पटेल पनि एमाले प्रवेश गरेको एमालेले जानकारी दिएको छ । प्रदेश नम्बर दुईको भेलासँगै अहिले तराईमा एमालेको माहोल सिर्जना भएको छ ।

चैत १७ गते ।