मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सितापाइलामा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकले कम्पनीको व्यवसाय वृद्धि गर्न नयाँ शाखाको विस्तार गरेको हो ।
सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमशेर जवराले गरे । काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय भएको यस बैंकले केन्द्रीय बैंक सहित ५१ वटा शाखा कार्यालयबाट सर्वसाधारणलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी, बैंकले ४९ वटा माइक्रोफाइनान्स डेस्क बाट लघुवित्त कार्यक्रम समेत संचालन गर्दै आएको बैंकले जनाएको छ ।
चैत १८ गते ।