‘देशैभर महिला उम्मेदवारी विजयी गराउनुपर्ने’

 

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा वडा तहदेखि नै महिला उम्मेदवार विजयी गराउनुपर्नेमा जोड दिइएको छ । मिडिया एडभोकेसी ग्र्रुप (म्याग) ले यहाँ आज आयोजना गरेको ‘स्थानीय तहका महिला सहभागिता’ विषयमा भएको अन्तक्र्रियामानेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनमा जतिसक्दो महिला उम्मेदवारलाई विजयी गराई कम्तीमा ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य सावित्री भुसालले वडास्तरदेखि नै महिला सहभागिता बढाउन र महिला उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसकी नेत्री प्रतिमा गौतमले स्थानीय तहको निर्वाचनमा महिलाको राम्रो उत्साह देखिएकाले उनीहरुलाई विजयी गराउनुपर्ने भनाइ राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुलेसुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि महिलाको उम्मेदवारी हुनुपर्ने औँल्याउनुभयो । म्यागका अध्यक्ष बबिता बस्नेतले महिला उम्मेदवारलाई बलियो बनाउन मतदाता शिक्षा दिनुपर्ने, सही स्थानमा मतदानको छाप लगाउनका लागि सिकाउनुपर्ने र देशैभर महिला उम्मेदवार जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।