मुस्लिम धर्मका नाममा लागू पदार्थ खुवाई १७ जना पुरुष र ३ जना महिलाको बीभत्स हत्या

पन्जाव । पाकिस्तानको पन्जाब प्रान्तमा सरगोधा शहर नजिकै एउटा सुफी धार्मिकस्थलको रेखदेख गर्ने जिम्मा लिएका एक व्यक्तिले मुस्लिम धर्मका नाममा कम्तीमा २० जनाको हत्या गरेका छन्। दरबार मोहम्मद अलि भनिने धार्मिकस्थलमा सो घटना भएको थियो।
आफूलाई उक्त धार्मिक स्थलको प्रमुख बताउने अब्दुल वहीदले ती व्यक्तिहरुलाई एक एक गर्दै आफ्नो कोठामा बोलाइ उनीहरुलाई लागू पदार्थ खुवाइ धारिलो हतियारले उनीहरुको हत्या गरेको बताइएको छ।
थाना सदर सरगोधामा तैनाथ एकजना प्रहरी मोहम्मद एहसानले भने, शुक्रबार रातिदेखि नै हत्याको सिलसिला शुरु भएको थियो, तर प्रहरीले शनिबार रातिमात्रै त्यसबारे थाहा पाए।
उक्त हमलामा बाँच्न सफल चार जनामध्ये एकजनाले प्रहरीलाई सो घटनाबारे बताएका थिए।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
एकजना वरिष्ठ प्रहरी अधिकारीले ५० वर्षीय अब्दुलको मानसिक स्थिति अस्थिर रहेको जस्तो देखिएको बताएका छन्।
आफुलाई सो धार्मिकस्थलको प्रमुख बताउने अब्दुलसँगै उनका तीनजना सहयोगीहरुलाई पनि प्रहरीले पक्राउ गरेका छन्।
प्रहरीले मारिनेहरुमध्ये १७ जना पुरुष र तीनजना महिला भएको तथा उनीहरु सबै दरबार मोहम्मद अली भनिने एक सुफी सन्तका अनुयायीहरु भएको जनाएका छन्।
प्रहरीले सोधपुछका क्रममा अब्दुल वहीदले ती सबै व्यक्तिहरुले सो धार्मिक संस्थाका यसअघिका पीर अहमद गुज्जर लाई विष खुवाउने षडयन्त्रमा भाग लिएको आशंकामा आफुले उनीहरुको हत्या गरेको बताएको जनाएका छन्।
चैत २१ गते ।