अर्घाखाँची ओ.पी.सी. सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङमा
काठमाडौं । अर्घाखाँची ओ.पी.सी सिमेन्टले नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्टको बजार ल्याएको छ । लन्च होटल र्याडिसनमा भब्य रुपमा गरिएको थियो । अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भन्नुभयो, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएको वताए । उनले यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी समेत गरे । विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएको उनले वताए ।
रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्टले हाल १,२०० मेट्रिक टन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले नेपालको निर्माण जगतलाई अझ सुदृढ बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने लक्ष्यको साथ आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धि गरी प्रतिदिन साठी हजार बोरा ( ६०००० ) ओ.पी.सी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना गरेको छ ।