केटी नपाएपछि इञ्जिनियरले गरे रोबोटसँग बिहे

चीन । केटी खोज्दा खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।
‘साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वर्षीय इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न र फोटो पहिचान गर्न सक्छ । साथै केही अक्षर उच्चारण पनि गर्छ । झेङले सो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् ।
हालै एउटा सानो समारोहका बीच झेङले यीङयीङसँग पराम्परागत रितपूर्वक विहे गरेका हुन् । बिहे गर्दा यीङयीङलाई टाउकोमा रातो स्कार्फ लगाएर दुलही झैं सजाइएको थियो । समारोहमा जियाजियाकी आमा र साथीभाईहरु सहभागी थिए । झेङ हुआवे कम्पनीका पूर्व कर्मचारी हुन् र अहिले हाङझोउमा रहेको ड्रिम टाउनमा काम गर्छन् ।

यो बिहे अनौठो लागे तापनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिहेको प्रचलन फैलिदै जाने भविष्यवाणी गरेका छन् ।
‘अबको ३५ वर्षमा रोबोट यतिधेरै विकसित हुनेछन् कि मानिससँग भन्दा रोबोटसँग सेक्स गर्दा मज्जा आउनेछ,’ लभ एन्ड सेक्स विथ रोबोट नामक किताबका लेखक डा। डेभिड लेभी भन्छन् ।
निकट भविष्यमा आधाभन्दा बढि पुरुषले सेक्स रोबोट खरिद गर्ने दावी गर्दै उनले कहिल्यै नथाक्ने रोबोटले कहिलेकाहीँ मानिसलाई समस्यामा पारिदिन सक्ने पनि उल्लेख गरे ।