काठमाडौँ महानगरपालिकाले दुईतले बस सञ्चालनमा ल्याउने

काठमाडौँ । स्वदेशी तथा विदेशी पर्यटकलार्इ लक्षित गर्दै महानगरले ६ महिनाभित्रै स्कार्इ बस(दुईतले) संचालनमा ल्याउने भएको छ।महानगरपालिकाका कार्यकारी प्रमुख र्इश्वरराज पौडेलले आफ्नो कार्ययोजना पेश गर्दै सार्वजनिक निजी अवधारणामा बस संचालनमा ल्याउने आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
पहिलो चरणमा दुर्इवटा बस ल्याएर परीक्षणको रुपमा संचालनमा ल्याइने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो। बस खरीदका लागि बजेटको व्यवस्था भइसकेको र छिट्टै टेण्डर गरिने उहाँले जानकारी दिनुभयो।
यो बसमा काठमाडौ,भक्तपुर र ललितपुरका पर्यटकीय स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटकलार्इ घुमाउन प्रयोग गरिने कार्कीले बताउनुभयो।दुर्इतले बसमा माथिल्लो तला भने ओपन हुनेछ।मेलम्ची खानेपानीको पाइपलाइनका कारण बसमा धुलोले पर्यटकलार्इ घुमाउन असजिलो हुने भएकोले सडक पूर्वाधार तयार भएपछि बस संचालनमा ल्याइने छ ।
चैत २४ गते ।