एभरेष्ट बैंकद्वारा जैन भवनमा ८८औं एटिएम सेवाको उद्घाटन

 

 

सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको समुद्घाटन डा. राम. एस. सा¨ापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बंैक) ले गर्नु भएको थियो । उक्त कार्यक्रममा श्री सोमेश्वर सेठ (प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक), स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।श्री राजीब जैन(नायव महाप्रबन्धक, एभरेष्ट बैंक) ले बताउनु भयो एभरेष्ट बैंकले हाल आफ्ना ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बंैकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।