कमल थापालाई दोस्रो बरियता दिने तयारीमा प्रचण्ड, काँग्रेसका मन्त्रीहरु राजीनामा दिने मुडमा

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकारमा दोस्रो मर्यादाक्रममा उपप्रधानमन्त्री कमल थापालाई राख्ने बताउनुभएको छ । उता सरकारमा सहभागी नेपाली काँग्रेसले भने दोस्रो वरियता नदिई सरकारबाट हट्नेसम्मको धम्की दिएको छ ।
आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको बैठकमा उहाँले त्यस्तो जानकारी गराएको उक्त दलका एकजना नेताले बताए।
सरकारमा उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद सार्वजनिक भएपछि पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको धारणा सुनाउँदै माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भन्नुभयो, दोस्रो वरियतामा कमल थापा रहने गरेर वरियताको समस्या समाधान हुने सम्भावना छ भन्ने कुरा राख्नुभयो।

त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएको जानकारी प्रचण्डले गराएको नेता शमाको भनाइ छ।

उता विमलेन्द्रनिधिले बिहीबार कांग्रेसको तर्फबाट सरकारमा रहेकाहरुलाई आफ्नो मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो ।
मर्यादाक्रम तलमाथि गरिए आफूले राजीनामा दिने धारणा निधिले सुनाएको छलफलमा सहभागी नाम खुलाउन नचाहने एकजना मन्त्रीले बताए।

चैत २५ गते ।