भेनेजुयलमा सरकारविरोध प्रदर्शनमा भिडन्त

भेनेजुयला । विपक्षी नेता एनरिके क्याप्रिलेसलाई राजनीतिबाट १५ वर्षका लागि प्रतिबन्ध लगाइएपछि भेनेजुयलामा सरकार विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
राजधानी काराकासमा सुरक्षा निकायले प्रदर्शनकारीलाई अघि बढ्नबाट रोकेपछि हिंसात्मक झडप भएको थियो।
प्रदर्शनकारीहरुले प्रहरीलाई ताकेर ढुँगा र पेट्रोल बम प्रहार गरेका थिए भने त्यसको जवाफमा प्रहरीले अश्रु ग्याँस हानेका थिए।
शनिबारको प्रदर्शनले सर्वोच्च अदालतले संसदको अधिकार कटौती गर्ने प्रयास गरेपछि एक हप्ताअघि देखि भेनेजुएलामा कायम अनिश्चितातालाई थप गहिरो बनाएको छ।
यो भेनेजुएलामा एक हप्तामा चौथो पटक भएको ठूलो प्रदर्शन थियो।
एनरिके क्याप्रिलेसलाई राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरिएपछि विपक्षीहरु सडकमा केन्द्रित भइरहेका छन्।
चैत २७ गते ।