ओलीको कमाण्डमा एमाले विजयी अभियानमा, तीनवटै चुनाव एमालेले जित्छ : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कमाण्डमा एमाले विजय अभियानमा निस्केको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आज बानेश्वरमा कुरा गर्दै भट्टराईले ओलीको नेतृत्वमा एमालेले लगातार तीनवटा निर्वाचन जित्ने ठोकुवा गर्नुभयो ।
‘हामी हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्याप्टेनसिपमा तीनवटा चुनावमा जाँदैछौं’ भट्टराईले भन्नुभयो, ‘उहाँ एमालेको मात्रै होइन नेपाली राजनीतिको सक्षम क्याप्टेन हो । क्याप्टेनले आफूले खेलेर मात्र हुँदैन । अन्य खेलाडीले कस्तो खेल्दैछन् भनेर पनि हेर्नु पर्छ । उहाँ सक्षम कमाण्डर हो ।’
उनले एमालेमा केही खटपट भए पनि त्यो अस्थायी रहेको र हस्तिनापुरको रक्षा गर्न पाण्डवहरु उत्रेजस्तै एमाले एकजुट भएर चुनावमा होमिने वताउनुभयो । ‘एमालेमा केही खटपट होला । तर, द्रौपदीको चीर हरण हुँदा ५ पाण्डवजस्तै भएर उत्रिन्छ’ भट्टराईले भन्नुभयो, ‘एमालेमा रहेका नेताहरुको स्तरका वरिष्ठ नेता अरु पार्टीमा छैनन् ।’
उहाँले एमालेभित्र आन्तरिक झगडा देखाएर खुसी नहुन अन्य पक्षलाई चेतावनी दिनुभयो । ‘एमाले भित्र दुई दिन आपसमा लड्छन् लड्छन् जस्तो देखिन्छ’ भट्टराईले भन्नुभयो, ‘तर, एमाले हस्तिनापुर जोगाउन एकैठाउँमा उभिएर भिड्छ ।’ उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि काठमाडौं महानगर पालिकामा उम्मेदवार चयन गरिने बताउनुभयो ।
चैत २८ गते ।
केपी