विमलेन्द्र निधिव्दारा मन्त्रिपरिषद् बैठक बहिष्कार, कमल थापालाई दोस्रो बरियता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को बैठक बहिष्कार गर्नुभएको छ । २५ दिनपछि आज बसेको बैठक बरियता विवादकै कारण उहाँले बहिष्कार गर्नुभएको हो । यही विवादले २५ दिनदेखि बैठक बस्न सकेको थिएन ।
उपप्रधानमन्त्री निधि आफूलाई दोस्रो बरियतामा नराखिए राजिनामा दिनेसम्मको अवस्थामा पुग्नुभएको थियो । तर पार्टी सभापति शेरबहादुर देउवाले रोकेपछि राजिनामा दिनबाट रोकिएका निधि अन्ततः मन्त्रिपरिषद् बैठक बहिष्कार गरी आफ्नो विरोध जनाउनुभयो । गृहमन्त्रालय पुगेका निधि मन्त्रिपरिषद् बैठक शुरु हुने भएपछि निवास फर्कनुभयो । मन्त्रिपरिषद् बैठक शुरु हुनुभन्दा झण्डै एक घण्टाअघि निधि आफ्नो निवासमा पुगेर आराम गरिरहेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताउनभयो । । निधिले बैठक बहिष्कार गरेसँगै कमल थापाले नै दोसो वरियता पाउनुभएको छ ।
चैत २८ गते ।