अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट सिरियाका २० प्रतिशत विमान नष्ट

सिरिया । संयुक्त राज्य अमेरिकाले रासायनिक अस्त्र हमलाको प्रतिक्रिया स्वरुप अघिल्लो हप्ता गरिएको क्षेप्यास्त्र हमलामा सिरियाका २० प्रतिशत चालु अवस्थाका विमानमा क्षति पुगेको जनाएको छ।
अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सिरियाली सरकारले शेरात हवाई अखडामा रहेका विमानहरुमा इन्धन भर्ने र हतियार सुसज्जित गर्ने क्षमता गुमाएको बताए।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले आगामी दिनमा सिरियाली सरकारले गर्ने कुनै पनि रासायनिक अस्त्र वा व्यारल बमको प्रयोग विरुद्ध अमेरिकी सैनिकले प्रतिकार गर्ने संकेत गरे।
पश्चिमा देशहरुले सिरियालाई दिएको समर्थनबाट फिर्ता हुन रुसमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्।

रासायनिक अस्त्र प्रयोगको विरोधमा सिरियाको हवाई अखडालाई निशाना बनाउँदै बिहीबार अमेरिकाले ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो।
अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सो हमलाले सिरियाको हवाई क्षमतामा उल्लेख्य क्षति पुर्याएको र झण्डै २० प्रतिशत चालु अवस्थाका विमान नष्ट पारेको जनाए।

चैत २९ गते ।