उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि भएको निर्वाचन मंगलवार दिउँसो सकिएको छ । तीन बजेबाट मत परिणाम गणना गर्ने र आजै रातिसम्म परिणाम सार्वजनि आउन सक्ने अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । तीन समूहमा भएको निर्वाचनमा जिल्लारनगर र बस्तुगततर्फबाट सबै मत खसेको छ। एसोसिएटमा भने १३ मत कम खसेको निर्वाचक मण्डलले जनाएको छ ।
जिल्लारनगरमा कुल मत १०४ छ । बस्तुगततर्फ ९९ मत छ। एसोसिएटमा भने ६३८ मत रहेकोमा ६२५ वटा मात्र खसेको छ। द्वीराष्ट्रिय चेम्बर अफ कमर्समा नेपाल(जर्मन चेम्बर अफ कमर्सको मत खसेन। सात द्वीराष्ट्रिय चेम्बर अफ कमर्स छन् । यसको मतलाई एसोसिएटमै गणना गरिन्छ ।
बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी विधान संशोधन भएपछिको पहिलो निर्वाचन भएको हो। शेखर गोल्छा र किशोरकुमार प्रधानको भाग्यको फैसला आज रातिसम्म भइसक्छ ।