नयाँ शक्तिमा फेरि ठूलो पहिरो जाँदै, सयौँको सङ्ख्यामा एमाले प्रवेश गर्दै


काठमाडौँ । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा एकपछि अर्को गर्दै निकै कमजोर बन्दै गएको छ । एकपछि अर्को गर्दै नयाँ शक्तिका नेताहरु नेकपा एमालेमा प्रवेश गर्न थालेपछि आत्तिएका बाबुराले एमालेलाई सत्तोसराप गरे पनि एमाले प्रवेश गर्नेको लहर भने टुटेको छैन । दिनहुँ जसो नयाँ शक्ति छाड्नेको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाबुराम आफै पनि आत्तिएका छन् । अझ चुनावको मुखैमा एमाले प्रवेश गर्नेको लहर चलेपछि एमाले शक्तिशाली बन्ने आँकलन गर्न थालिएको छ । केही समय अघि मात्र नयाँ शक्ति परित्याग गरेका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित सयौँको टोली फेरि एमाले प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति परित्याग गरी एमाले प्रवेश गर्नेको सङ्ख्या पनि निकै ठूलो भएको निर्मल भट्टराईले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार डोटी जिल्लाका पूर्व सभासद् मोहन वम, केन्द्रीय परिषद् सदस्यहरु चन्ददेव ओझा, हरिराम रिमाल, अशोकराज, खोवरी शाह, नविन झा ९रौतहट० आदित्य झासहित सिङ्गो रौतहट जिल्ला कमिटी, नारायण प्रसाद पौडेल ९लम्जुङ सहसंयोजक, नयाँ शक्ति० सिताराम घिमिरे ललितपुर, मोहनहरी थापा सिन्धुली, कलावती ओझा केन्द्रीय पार्षद, दिपक भट्टराई तेह्रथुम, रुप राव ९कैलाली०, शोभावती साहनी ९नवलपरासी० भक्तपुर झण्डै ८० प्रतिशत नयाँ शक्तिका नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने हुनुभएको छ । सबैलाई मंगलबार एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, पार्टीका वरिष्ठ नेताहरुलगायतले स्वागत गर्ने कार्यक्रम छ । भोलि प्रवेश गर्न बाँकी रहेका बाँकी नेता–कार्यकर्तालाई प्रत्येक जिल्लामा कार्यक्रम गरी एमाले प्रवेश गराइने भट्टराईले जानकारी दिनुभयो ।
वैशाख ४ गते ।