संवैधानिक इजलासले बल्ल पायो पूर्णता

काठमाडौं । न्यायपरिषद्ले हालै सर्वोच्चको बृहत् इजलासले जारी गरेको परमादेशविपरीत वरिष्ठतम चारजना न्यायाधीशलाई बिहीबार संवैधानिक इजलासको सदस्य तोकेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीलगायत वरिष्ठ न्यायाधीशहरू गोपाल पराजुली, ओमप्रकाश मि श्र, दीपक जोशी र देवेन्द्रगोपाल श्रेष्ठ यसका सदस्य हुनेछन् ।
प्रधानन्यायाधीश कार्की, पराजुली र मिश्र पहिलादेखि नै संवैधानिक इजलासका न्यायाधीश रहे पनि विगत एक वर्ष र १४ दिनदेखि दुई रिक्त सदस्य नियुक्त नहुँदा इजलास व्यावहारिक अस्तित्वमा थिएन । परिषद्ले बिहीबार जोशी र श्रेष्ठको नाम सिफारिस गरेको हो ।
बृहत् इजलासले अघिल्लो साता जारी गरेको परमादेशमा १५ दिनभित्र प्रधानन्यायाधीशलाई संवैधानिक इजलास गठनमा तजबिजी अधिकार उपलब्ध हुने गरी चारभन्दा बढी न्यायाधीशको नाम सिफारिस गर्न भनिए पनि बिहीबारको न्यायपरिषद् बैठकले उक्त परमादेशको साटो परम्पराअनुसार वरिष्ठतम् चारजनालाई नै इजलासमा तोक्ने निर्णय गरेको हो । बैठकको सुरुमै न्यायपरिषद्का पदेन सदस्य तथा कानुनमन्त्री अजयशंकर नायकले बृहत् इजलासको ठूलो आलोचना भएको भन्दै पुरानै पद्धतिअनुसार जानुपर्ने सुझाव दिएपछि परिषद्ले त्यसलाई सर्वसम्मतिले स्वीकार गरेको थियो ।
सर्वोच्चको बृहत् इजलासले अघिल्लो साता संवैधानिक इजलासका लागि पर्याप्त ९यथेष्ट० संख्यामा आदेशको जानकारी प्राप्त भएको मितिले बढीमा १५ दिनभित्र न्यायाधीश सिफारिस गर्ने कार्य गर्न न्यायपरिषद्का नाउँमा परमादेश जारी गरेको थियो । प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठन हुने त्यस्तो इजलासमा अब वरिष्ठताका आधारमा क्रमशः न्यायाधीश गोपाल पराजुली, जोशी, ओमप्रकाश मि श्र र श्रेष्ठ रहनुहुनेछ । यस्तै परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा समेत जोशीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
वैशाख १५ गते ।