प्रचण्डव्दारा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावबारे राष्ट्रपति भण्डारीलाई जानकारी, गम्भीर चासो व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरी पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउनुभएको छ ।
प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि राष्ट्रपति भण्डारीले गम्भीर चासो राख्नुभएको थियो । । स्रोतका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीसँग हिजो नै यस विषयमा छलफल गर्न चाहनुभएको थियो ।

तर, ढिला भैसकेको र आन्तरिक वैठकमा व्यस्त भएको भन्दै प्रधानमन्त्री सचिवालयले आज विहानको लागि भेटघाटको समय मिलाएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले महाभियोगको बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो ।
वैशाख १८ गते ।