एमालेले अध्यक्षमा डोल्पाबाट खाता खोल्यो टसि टन्डुप निर्बिरोध बिजयी
काठमाण्डौ । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मंगलबार भएको मनोनयन दर्ता सँगै नेकपा (एमाले)ले बिजयी यात्रा सुरु गरेको छ ।
प्रदेश न.६ अन्तर्गत डोल्पा जिल्लाको शेफेक्सुण्डो गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टसी टुण्डुक गुरुङ निर्बिरोध निर्वाचित भएका छन् ।
प्रदेश नं ३ अन्तर्गत काभ्रको मण्डन देउपुर नगरपालिकाबाट पनि नेकपाएमाले खाता खोलेको छ । मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छिन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।
दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।
त्यस्तै गरी सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णाकुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।