दोस्रो चरण जेठ ३१ गतेको चुनाव सार्ने विषयमा प्रचण्ड र ओलीबीच गम्भीर वार्ता, महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जेठ ३१ को दोस्रो चुनाव मिति सार्नेबारे गम्भीर वार्ता भएको छ। सिंहदरवारमा भएको छलफल महाभियोग प्रस्ताव, बजेट र जेठ ३१ को चुनाव मितिबारे केन्द्रीत रहेको बताइएको छ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता र त्यसपछि चुनाव मितिलाई कसरी मिलाउने भन्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले सबै पक्षको सहमतिमा जेठ ३१ गतेको चुनाव मिति सार्न सकिने बताउनुभयो। एउटा चुनाव त वैशाख ३१ गते हुने नै भयो। अर्को बजेट र जेठ ३१ गतेको चुनावलाई कसरी गर्ने भन्ने विषयमा सकारात्मक छलफल भयो, श्रेष्ठले सञ्चारकर्मीसँग भन्नुभयो।
एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता गर्न आग्रह गरेको बताउनुभयो। जे पायो त्यही काम त गर्नु भएन नि भन्दै ओलीले प्रस्ताव फिर्ता नलिए संसद अवरुद्ध पार्ने चेतावनी दिनुभयो।

उहाँले संविधान संशोधनको सबालमा भोटिङमा जानुपर्ने बताउँदै।भन्नुभयो,संविधान संशोधन भोटिङमा ल्याउन भनिरहेका छौं। तर सरकार नै भागिरहेको छ।

बैठकमा दाहाल र ‌ओलीसहित नारायणकाजी श्रेष्ठ र सुवासचन्द्र नेम्वाङ पनि सहभागिता थियो ।
वैशाख २१ गते ।