ओबामा केयरको विरोधमा ल्याइएको नयाँ स्वास्थ्य सेवा विधेयकअमेरिकी संसदव्दारा पारित

अमेरिका । अमेरिकी संसदको तल्लो सदनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी वाचा पूर्ति गर्ने दिशामा सहयोगी हुने गरि एक नयाँ स्वास्थ्य सेवा विधेयक पारित गरेको छ।
अमेरिकन हेल्थ केयर एक्ट नामक उक्त कानूनले विगतको सरकारको पालाको ओबामाकेयर भनिने कानूनलाई खारेजी र विस्थापन गर्ने उद्देश्य लिएको छ।
तल्लो सदनले झिनो बहुमतले पारित गरेको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्छ।
तल्लो सदनमा सो विधेयकलाई विपक्षी डेमोक्र्याटिक पार्टिले एक मतले अस्वीकार गरेका थिए।
तर तल्लो सदनले पारित गरेपछि राष्ट्रपति ट्रम्पको निम्ति आफ्नो कार्यकालको यो पहिलो विधायिकी सफलता भएको छ।
गत मार्च महिनामा उक्त नयाँ कानूनका प्रावधानबारे रिपब्लिकन दलभित्रै कुरा नमिलेपछि तल्लो सदनमा त्यो विफल भएको थियो।
तर यसपालीचाहिं झिनो अन्तरले त्यो सफल भयो।
२१६ मत चाहिनेमा सो कानूनको पक्षमा २१७ मत खसेको थियो।

वैशाख २२ गते ।